एमाले केन्द्रीय कमिटी बैठकमा सहभागीलाई कार्यकर्ताकाे घरमा बसाइने

सेयर गर्नुहोस्

झापा, १९ बैशाख : झापामा हुने नेकपा एमालेकाे केन्द्रीय कमिटी बैठकमा सहभागी हुने नेताहरूलाई कार्यकर्ताकाे घरमा बास बसाउने तयारी थालिएको छ । ठूलो संख्यामा सहभागी हुने र कार्यकर्ता सँग पनि सम्बन्ध विकास हुने भएका कारणले त्यसरी आवास व्यवस्थापनकाे तयारी थालिएको हाे । आवास व्यवस्थापन समितिका संयाेजक हाेमबहादुर थापाका अनुसार करिब पाँच सय जनाको बसाेबासकाे व्यवस्थापन गरिने छ । नजिकै जिल्ला झापा माेरङ र सुनसरीका केन्द्रीय सदस्यका लागि बसाेबासकाे व्यवस्थापन हुने छैन् । थापाले बढ्दाे गर्मीका कारणले केही समस्या हुने भए पनि कार्यकर्ताका घरमा केही नेताहरुलाई बसाेबासकाे व्यवस्था गरिने बताए । यस्तै हाेटल, गाैरादहकाे नमुना खेतीमा समेत नेताहरूकाे बसाेबासकाे व्यवस्थापन गर्ने तयारी छ ।
बैशाख २९ गतेदेखि ३१ गतेसम्म बैठक दमककाे कस्मिक पार्टी प्यालेसमा हुने छ । यस्तै बैठकमा सहभागी हुने नेताहरूलाई झापाका पर्यटकीय गन्तव्यहरु केचना, किच्चकबध, सुखानी समेतको भ्रमण गराइने छ । जेठ १ मा घाेषणा सभा गरि बैठक समापन गर्ने तयारी छ ।