प्याब्सन दमककाे नेतृत्व सर्वसम्मत, अध्यक्षमा पुनः मैनाली

सेयर गर्नुहोस्
  • 96
    Shares

झापा, भदौ ३१: निजी तथा आवसीय विद्यालय अर्गनाइजेसन प्याब्सन दमककाे नयाँ नेतृत्व चयन भएको छ । जनार्दन मैनालीकाे अध्यक्षतामा ७ सदस्यीय समिति सर्वसम्मत चयन गरिएको हाे । दमक नगरपालिका शिक्षा शाखाका प्रमुख दिनेश न्याैपानेकाे प्रमुख आतिथ्यतामा भएको भेलाले उपाध्यक्षमा सन्तोष दाहाल, सचिव नविन याेगी, काेषाध्यक्ष सुर्यबहादुर कटुवाललाई चयन गरेको छ । यस्तै सदस्यहरुमा एलिजा सिटौला, मित्र खत्री र प्रविण पाठक चयन भए ।