दमकमा विद्यालय खुल्ने

सेयर गर्नुहोस्
  • 106
    Shares

दमक, भदौ २९: बन्द रहेका दमकका विद्यालयहरु अव खुल्ने भएका छन् । कोरोनाको जोखिम केहि कम भएपछि दमक नगरपालिकाले आफ्नो मातहतमा रहेका शैक्षिक सस्थाहरुलाई सञ्चालन गर्न निर्देशन गर्ने भएको छ । सोमबार दमकमा रहेका निजी विद्यालयका सञ्चालकहरु र सस्थागत विद्यालयका प्रधानाध्यापकहरुसँग विद्यालय सञ्चालन सम्बन्धमा सुुझाव मागिएको थियो । सोहि सुझावका आधारमा मंगलबार नगरपालिकाको शिक्षा समितीले असोज पहिलो साताबाट भौतीक उपस्थितीमै विद्यालय सञ्चालन गर्ने निणर्य गरेको शिक्षा शाखा प्रमुख दिनेश न्यौपानेले जानकारी दिए ।

उनका अनुसार विद्यालय सञ्चालन सम्बन्धी कार्यविधि २०७७ अनुसार दमकका विद्यालय सञ्चालन गर्ने निणर्य भएको हो । जसमा कोरोनाबाट बच्ने उपायहरु पूणर्रुपमा पालना गर्नु हुर्ने हुन्छ ।

कक्षाकोठामा विद्यार्थी राख्दा अनिवार्य भौतिक दुरी कायम गराउनु पर्ने , मास्कको प्रयोग गराउनु पर्ने, विद्यालयका हरेक कक्षाकोठा अगाडी हात धुने व्यवस्था गरिनु पर्ने , भिभाड र जम्म हुन नदिन आलोपालो पद्धतीद्धारा पठन पाठन गराउनु पर्ने लगायतका मापदण्ड पालना गराउन सक्ने विद्यालयकले विद्यार्थीको भौतिक रुपमै पठन पाठन गराउन सक्ने न्यौपानेले बताए। यसको दमक नगरपालिकाले निरन्तर अनुगमन गर्ने छ ।