गाैरादहमा श्रीमतीको हत्या गर्ने श्रीमान् पक्राउ

सेयर गर्नुहोस्

झापासाउन ४: झापाको गाैरादहमा श्रीमतीको हत्या गरि फरार भएका एक जना अभियुक्त पक्राउ परेका छन् । माेरङकाे रंगेली घर भइ गाैरादह १ सितल चाेकमा बस्दै आएका सजिलाल रिख्यासनलाइ प्रहरीले पक्राउ गरेको हाे । उनले असार ३१ गते श्रीमती संगितालाई खेत नजिकैको टहरामा कुटपिट गरि हत्या गरेका थिए । उनलाई जिल्ला प्रहरी कार्यालय र इलाका प्रहरी कार्यालय दमककाे टाेलीले रंगेलीमा लुकिछिपि बसेकाे अवस्थामा आज पक्राउ गरेको डिएसपी नवराज कार्कीले जानकारी दिए ।