भुमि आयोग खारेजीको एमाले गाैरादहद्वारा विरोध

सेयर गर्नुहोस्
  • 213
    Shares

झापा, साउन २०: नेकपा एमाले गाैरादहले भुमि आयोग खारेजीको विरोध गरेको छ । गाैरादहमा सुकुम्बासी समस्या समाधानका लागि काम अन्तिम अवस्थामा पुगेको अवस्थामा अकस्मात खारेजीले भुमिहिन सुकुम्बासी माथि अन्याय भएको एमालेकाे ठहर छ । एमाले गाैरादहका अध्यक्ष मित्रदेव काफ्लेले समस्या समाधानका लागि काम अन्तिममा पुगेपछि राजनीतिक प्रतिशाेधले हठात् खारेजीले सरकारले सुकुम्बासीलाई थप पीडा दिएको उल्लेख गर्नु भएको छ । गाैरादह ४ र ५ मा पटक पटक गठन भएका आयोगले धनीपुर्जा बितरण गर्न सकेको थिएन् । यश पटक ८०% काम सम्पन्न भइसकेको थियोे, विज्ञप्तिमा भनिएको छ । साविक महारानीझाेडामा जग्गाको नाप नक्सा नहुदा बैंकमा धितो राख्न समस्या हुदै आएको छ ।