दमकमा माेटरसाइकल दुर्घटनामा दम्पतीकाे मृत्यु

सेयर गर्नुहोस्
  • 1.3K
    Shares

झापा, साउन १३: दमकमा मोटरसाईकल दुर्घटनामा परि झापा सुरुङ्गाका चर्तित हेवन होटलका संचालकद्धय विष्ट दम्पत्तीको घटना स्थलमै मृत्यु भएको छ ।
गएराती मंगलवार साढे १० बजे दमक चिया बगानमा मोटरसाईकलमा रहेका होटल हेवनका संचालक ४३ बर्षिय पुर्णबहादुर बिष्ट (राज ) र उनकी श्रीमती ३६ बर्षिय हिमा विष्टको घटनास्थलमै मृत्यु भएको हो । उनीहरु सवार मोटरसाईकललाई ट्रकले ठक्कर दिएको र उनीहरुको घाईते अवस्थामा उपचारका लागि ल्याउने क्रममा बाटोमै मृत्यु भएको प्रहरीको भनाई छ । विष्ट दम्पत्ती लामो समय देखि सुरुङ्गामा होटल हेवन संचालन गर्दै आएका थिए ।