बैँकिङ कसुरका अभियुक्त कार्की दमकबाट पक्राउ

सेयर गर्नुहोस्
  • 2
    Shares

झापा, साउन ११: बैङ्किङ कसुर मुद्दाका फरार झापाका एक अभियुक्त पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा साबिक दमक नगरपालिका १० हाल वडा नम्बर ५ निवासी ४७ वर्षीय विनोदकुमार कार्की रहेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार उच्च अदालत पाटनको २०७७ साल मङ्सिर ३० गतेको फैसला अनुसार बैङ्किङ कसुर मुद्दामा कार्कीलाई तीन दिन कैद र सात लाख जरिवाना र पीडित राहत कोषमा २८ हजार क्षतिपूर्ति दाखिला गर्नुपर्ने फैसला सुनाएको थियो ।

फैसला सुनाएदेखि फरार रहेका कार्कीलाई अदालत फैसला कार्यान्वयनका लागि झापाबाट खटिएको प्रहरी टोलीले आइतबार पक्राउ गरेको हो ।