झापामा काेराेनाबाट आज ३ बालबालिकाकाे मृत्यु

सेयर गर्नुहोस्

झापा, साउन १०: झापामा आज तीन बालबालिकाको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।

मृत्यु हुनेमा दुई बालिका र एक बालक रहेका छन् । स्वास्थ्य कार्यालय झापाका अनुसार कनकाईकी ३ वर्षिया बालिका , झापा गाउँपालिकाका ५ वर्षिय बालक र मोरङ लेटाङकी ६ वर्षिया बालिकाको मृत्यु भएको हो ।
योसँगै झापामा कोरोना संक्रमणबाट मृत्यु हुनेको सँख्या झापामा ४२८ पुगेको छ ।

यसैगरी आज झापाका १९९ जनालाई संक्रमण पुष्टि भएको छ । जिल्लाका ९२ महिला र १०७ जना पुरुषलाई संक्रमण देखिएको हो । संक्रमितमध्ये सबैभन्दा बढी बिर्तामोडका २४ महिला र ३४ पुरुष गरी ५८ जना रहेका छन् । त्यस्तै दमकका ३० महिलासहित ४२ जना ,गौरादहका एक महिलासहित ३ जना , भद्रपुरका ४ पुरुष , कनकाईका ६ महिलासहित १३ जना , हल्दिबारीका २ महिलासहित ५ जना, अर्जुनधाराका ९ महिलासहित १६ जना , बुद्धशान्तिका २ पुरुष , गौरीगञ्जका एक महिलासहित ३ जना , कमलका एक महिला , एक पुरुष, शिवसताक्षीका १३ महिलासहित २३ जना , बाह्रदशीका एक महिलासहित ३ जना र ठेगाना नखुलेका एकजना पुरुष रहेका छन् । योसँगै झापामा कूल संक्रमितको सँख्या २० हजार ६९२ पुगेको छ । त्यसमध्ये १६ हजार ९०७ जना डिस्चार्ज भएका छन् । जिल्लामा २८६० जना सक्रिय संक्रमित विभिन्न आइसोलेसनमा उपचाररत रहेका छन् ।