दमकमा टिभीएसकाे नयाँ स्कुटकर ‘सुपरस्क्वाड

सेयर गर्नुहोस्


दमक,२३ असार । विश्वव्यापी रूपमा प्रतिष्ठित दुई पाङ्ग्रे र तीन पाङ्ग्रे गाडी निर्माता टिभीएस मोटर कम्पनीले बुधबार मार्भल्स अभेन्जर्सबाट प्रेरित टिभीएस एनटर्क १२५ सुपर स्क्वाड संस्करण नेपालमा एकैसाथ सार्वजनिक गरेको छ ।
कम्पनीले डिज्नी इन्डियाको उपभोक्ता उत्पादन व्यवसायसंग सहकार्य गरी टिभीएस एनटर्क १२५ को एक विशेष सुपर स्क्वाड संस्करण शुरु गरेको छ ।
देशव्यापी लन्चिङ कार्यक्रम अन्र्तगत उक्त कम्पन्नीको दमकमा आधिकारिक विक्रेता एएनए टे«ड प्रालिले पनि एक कार्यक्रम गरि एनटर्क १२५ सुपर स्क्वाड स्कुटी सार्वजनिक गरिएको सञ्चालक गनबहादुर अधिकारीले बताएका छन् । उनका अनुसार जुन आइकोनिक मार्भल सुपर हिरोद्वारा प्रेरित नेपालको पहिलो ब्लुटुथ कनेक्टेड स्कूटर हो । यसवर्ष पनि नेपालको उत्कृष्ठ स्कुटीको अवार्ड जित्न सफल यस स्कुटी आइरन म्यान, ब्ल्याक प्यान्थर र क्याप्टेन अमेरिकाबाट प्रेरित तीन आकर्षक रंग इन्भिन्सिबल रेड, स्टिल्थ ब्ल्याक, र कम्ब्याट ब्लूमा उपलब्ध छन् ।
सुपर स्क्वाड संस्करण यो संस्करणले उत्पादनको डिजाइनमार्फत प्रत्येक मार्भल सुपर हिरोसँग सम्बन्धित उत्तम सुक्ष्म भेदहरु ल्याउँदछ ।
टिभीएसको दमकका लागि आधिकारिक विक्रेता एएनए टे«ड प्रालिले ग्राहकहरुको शून्य प्रतिशतमा फाइनान्सको सुविधा,एक्सचेन्जसहित भारी छुटको समेत व्यवस्था गरिएको अधिकारीले बताएका छन् । नयाँ स्कुटीको वजार मूल्य २ लाख ६६ हजार रहेको छ ।