निषेधाज्ञा खुकुलाे भएसँगै थपिए संक्रमित, दमकमा मात्रै आज ७६ थपिए

सेयर गर्नुहोस्

निषेधाज्ञा खुकुलो भएपछि झापामा कोरोना संक्रमित झन् थपिएका छन् । समुदाय तहमा बढेको हेलचेक्र्याइका कारण संक्रमितको संख्या झन् उकालो लागेको हो । आज झापामा २५५ जना संक्रमित थपिएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।

यसअघि हिजो झापामा ११७ जनामा संक्रमण पुष्टि भएको थियो । आज थपिएको संक्रमितको संख्या अघिलो दिनको तुलनामा दोब्बर भन्दाबढी हो । स्थानीय प्रशासनले निषेधाज्ञा खुकुलो बनाएपछि सार्वजनिकस्थलमा मानिसको चाप थेगिनसक्नु बढेको छ ।

स्वास्थ्य कार्यालयका अनुसार दमकमा मात्रै आज ७६ जनामा संक्रमण पुष्टि भएको छ । बढ्दो भीड संक्रमण बृद्धिको कारक भएको चिकित्सकले औँल्याएका छन् । संक्रमणप्रति सचेतनाको अभाव कायमै देखिँदा जोखिम झन् बढेर जाने खतरा देखिएको छ ।