दमकमा ३४० सक्रिय संक्रमित, ३२ संक्रमितको मृत्यु

सेयर गर्नुहोस्

झापा, असार २२
दमक नगरपालिकामा ३२ जना कोरोना संक्रमितको मृत्यु भएको छ । २०७७ चैत २५ गते यता दमकमा १८ पुरुष र १४ जना महिलाको मृत्यु भएको हो । यस्तै दोस्रो लहरको कोरोना संक्रमणबाट १६९४ जना संक्रमणमुक्त भएका छन् । अहिले दमकमा २०६६ जना कुल संक्रमित मध्ये ३४० जना मात्रै सक्रिय संक्रमित रहेको नगरपालिकाको स्वास्थ्य शाखाले जनाएको छ । दमकको कोभिड उपचार केन्द्रमा २ सय १७ जना बिरामी भर्ना भएका थिए । अहिले दमकमा रहेका ३ वटा कोभिड अस्पतालमा ४८ जना कोरोना संक्रमितको उपचार भइरहेको छ ।