दमकमा सामाजिक सुरक्षा कोषको बैँकका कर्मचारीको विरोध

सेयर गर्नुहोस्
  • 192
    Shares

झापा, असार १८
झापाको दमक र मोरडको उर्लाबारीमा रहेका बैँक तथा वित्तिय संस्थाका कर्मचारीले सामाजिक सुरक्षा कोषका प्रावधानको बिरोध जनाएका छन् । आज दिउँसो दमकमा भेला भएर उनीहरुे बैँक तथा वित्तिय संस्थामा कार्यरत कर्मचारीलाई दबाब दिएको भनेर विरोध प्रदर्शन गरेका हुन् । संविधानले प्रत्येक नागरिकलाई पेशा व्यवसाय गर्ने, सम्पत्तिको संरक्षण गर्ने, सामाजिक सुरक्षाको प्रत्याभुती गर्ने हक अधिकारको अतिरिक्त अन्य प्रचलित ऐनले श्रमिकको सम्बन्धमा गरेको व्यवस्था प्रतिकूल हुने गरी योगदानमा आधारित सामाजिक सुरक्षा कोष ऐन, नियमावली, कार्यविधिहरुबाट बैंकमा कार्यरत कर्मचारीहरुलाई विभेदकारी व्यवस्था गरिएको उनीहरुको दाबी छ । कर्मचारीले आर्जेको सम्पूर्ण रकम विना कारण हड्प्ने नियतबस लागू गर्न खोजिएको एकातिर देखिन्छ भने अर्को तर्फ निजी र सरकारी कर्मचारीका बीच विभेद गर्ने कानून लागु गरिएको दाबी कर्मचारीले गरेका छन् । उनीहरुले निजामति कर्मचारी र बैँकमा कार्यरत कर्मचारी बीच गरिएको विभेदपूर्ण व्यवस्था नहटाउदा सम्म तथा कोषको कार्यविधिलाई संशोधन गरी सम्पूर्ण व्यवस्थाहरुलाई कानूनमा नराख्दा सम्म सामाजिक सुरक्षा कोषमा आवद्धता जनाउन नसक्ने जनाएका हुन् ।

कर्मचारीका मागहरू—