दमकमा निषेधाज्ञामा थप कडाइ, बैँक सातामा ४ दिन खुल्ने

सेयर गर्नुहोस्

झापा, जेठ ३१: दमक नगरपालिकाले जिल्लाकाे निषेधाज्ञा भन्दा थप कडाइ गर्ने भएको छ । नगर स्तरीय संकट व्यवस्थापन समितिकाे बैठकले बैंक तथा वित्तीय संस्था आइतबार, मंगलबार, विहिबार र शुक्रबार खाेल्ने निर्णय गरेको छ । अरु थप भने जिल्ला कै निषेधाज्ञा अनुसार हुने निर्णय गरेको छ । निषेधाज्ञा आज राति देखि ७ गतेसम्म हुने छ ।