ब्रेकिङः हम्से दुम्से बनमा आगलागी, नियन्त्रणको प्रयास जारी

सेयर गर्नुहोस्

झापा, चैत १
दमकको हम्से दुम्से सामुदायिक बनमा आगलागी भइरहेको छ । इलाका प्रहरी कार्यालय दमकका अनुसार अपरान्ह ४ बजेदेखि आगलागी शुरु भएको हो । अहिले झापा र मोरडका बिभिन्न स्थानबाट दमकलले आगो निभाउने प्रयास गरिरहेका छन् । बस्ती भन्दा धेरै पर आगलागी भइरहेको प्रहरीले जनाएको छ ।