दमक गोल्डकप चैत ९ गतेदेखि, बिजेता टिमले १३ लाख पाउने

सेयर गर्नुहोस्

झापा, चैत १
मोफलसलकै सर्वाधिक पुरस्कार राशी भएको दमक गोल्ड कपको दोस्रो संस्करण चैत ९ गतेदेखि हुने भएको छ । प्रतियोगीतामा बिजयी टिमले नगद १३ लाख ११ हजार पुरस्कार प्राप्त गर्ने छन् । यस्तै उपबिजेता टिमले ६ लाख ११ हजार, प्राप्त गर्ने छ । प्रतियोगीतामा विभिन्न विधागत उत्कृष्ट खेलाडीलाई पनि २१ हजार पुरस्कारको व्यवस्था गरिएको छ ।
दमक नगरपालिकाको खेलकुद विकास समिती मुख्य आयोजक रहेको प्रतियोगीतामा प्रतियोगीतामा भारत र अफ्रिका सहित नेपालका ए डिभिजन क्लवहरुको सहभागीता रहने छ । दमक ३ स्थित प्रस्तावित मदन भण्डारी रङ्गाशालामा हुने प्रतियोगीतामा आयोजक दमक ११ सहित १० टिम सहभागी हुने छन् ।

प्रतियोगीतामा मछिन्द्र क्लव काठमाडौ, नेपाल पुलिस क्लव काठमाडौ, त्रिभूवन आर्मी क्लव काठमाडौ, मनाङ मर्याङदी क्लव काठमाडौ, फ्रेण्ड्स क्लव काठमाडौ, एमिमियर फुटबल क्लव क्यामरुङ अफ्रिका, मानेभञ्ज्याङ फूटबल क्वल दार्जिलिङ भारत, दुर्गापुर स्टिल क्लव कलकत्ता भारत , बागमती यूवा फूटबल क्लव सर्लाहि ,र आयोजक दमक ११ प्रतियोगीतामा सहभागी हुने छन् ।

प्रतियोगीता सम्पन्न गर्नकालागि १ करोड २३ लाख रुपैँया खर्च लाग्ने अनुमान गरिएको दमक नगर खेलकुद विकास समितिका अध्यक्ष भीमराज चम्लागाईले जानकारी दिए । प्रतियोगीता गर्न २५ लाख रुपैँया दमक नगरपालिकाले बिहोर्ने र बाँकी रकम प्रयोजक, सह प्रायोजक र गेट टिकट बिक्रिबाट संकलन गर्ने लक्ष्य राखिएको उनले जनाए ।