मन्त्रिपरिषद् बैठक: विद्यालय, फिल्म हल,पार्टी प्यालेस र रंगशाला बैशाख मसान्तसम्म बन्द

सेयर गर्नुहोस्
  • 34
    Shares

काठमाडौं । सरकारले कोरोनाको नयाँ भेरियन्टको जोखिम बढेको भन्दै शहरी क्षेत्रसहित संक्रमण बढेका जिल्लाहरुमा शिक्षण संस्था बन्द गर्ने निर्णय गरेको छ ।

त्यस्तै रात्रिकालीन व्यवसाय, सिनेमा हल, पार्टी प्यालेस, जिमखाना, रंगशाला लगायत भिडभाड हुने क्षेत्रहरु समेत बैशाख मसान्तसम्म बन्द गर्ने निर्णय भएको छ ।

र‌गंशालाकाे हकमा दर्शकरहित खेल गतिविधि सन्चालन गर्न पाइनेछ । यसाे हुँदा नेपालमा जारी त्रीदेशीय ट्वान्टी–२० क्रिकेट सिरिज दर्शकविना सन्चालन हुनेछ ।

मन्त्रिपरिषदको आज बसेको बैठकले सीसीएमसीको सिफारिस बमोजिम जोखिम नियन्त्रणका लागि यस्तो निर्णय गरेको शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठले जानकारी दिए ।

जिल्लास्थित डिसीसीएमसीको सिफारिस बमोजिम विद्यालयहरु बन्द हुने उनले बताए । तर बैकल्पिक माध्यमबाट पठनपाठन र परीक्षा भने सन्चालन हुनेछन् ।