दमककी संक्रमित सुत्केरीकाे मृत्यु

सेयर गर्नुहोस्

झापा, बैशाख २४: झापाको दमकमा फेरी एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । दमककी ३१ बर्षिया महिलाको कोरोना संक्रमणबाट मृत्यु भएको जनाईएको छ । उनी सुत्केरी रहेकी थिइन । कोभिड अस्पताल विराटनगरमा उपचारत रहेको अवस्थामा आज उनको मृत्यु भएको हो ।

हिजो पनि एकजनाको मृत्यु भएको थियो । पछिल्लो समयमा दमकमा कोरोना संक्रमणदर बढ्दै गएको छ ।(प्रभावकारी न्युज)