दमकका गञ्जबहादुर दाहालसहित ४ पत्रकारलाई प्रादेशिक पत्रकारिता पुरस्कार

सेयर गर्नुहोस्
  • 141
    Shares

झापा, बैशाख २३
प्रदेश सरकारले पूर्वका ४ जना अग्रज पत्रकारहरुलाई प्रादेशिक पत्रकारिता पुरस्कार प्रदान गर्ने भएको छ । राष्ट्रिय पत्रकारीता दिबसका अबसरमा उनीहरुलाई पुरस्कृत गर्न लागिएको हो । आन्तरिक मामिला तथा कानून मन्त्रालयले झापाका गञ्जबहादुर दाहाल र गोविन्दचन्द क्षेत्रीलाई यो पुरस्कार प्रदान गर्ने निर्णय गरेको छ । दाहाल दमकको पूर्व सन्देश दैनिकका सम्पादक हुन् । यस्तै मोरङकी ललिता भट्टराई र उदयपुरका कौशल चेम्जोङलाई यो पुरस्कार प्रदान गरिने भएको हो । मन्त्रालयले अघिल्लो बर्ष र यस वर्षको गरि दुबै वर्षको पुरस्कार एकै पटक घोषणा गरेको हो । मन्त्रालयका अनुसार परिस्थिति सहज भएपछी पुरस्कार हस्तान्तरण गरिने छ । पुरस्कारकाे राशी जनही १ लाख रूपैयाँ छ ।