नाेबेलमा काेराेना संक्रमित गर्भवतीकाे मृत्यु

सेयर गर्नुहोस्
  • 33
    Shares

विराटनगर, बैशाख २३
नोबेल मेडिकल कलेजमा कोरोना संक्रमणबाट विराटनगर–५ कोचाखाल निवासी ३७ वर्षीया महिलाको मृत्यु भएको छ । आठ महिनाकी गर्भवती महिलालाई स्वास्थ्यमा समस्या भएपछि हिजो अपरान्ह ४ :१८ बजे अस्पतालमा भर्ना गरिएको थियो । अस्पतालका प्रवन्धक नारायण दाहालका अनुसार उनको बेलुका ९ :३१ मा निधन भएको हो ।