दमकमा थप एक संक्रमितको मृत्यु

सेयर गर्नुहोस्
  • 32
    Shares

झापा, बैशाख २३
दमकमा कोरोना संक्रमण भयावह बन्दै गएको छ । दोस्रो लहरको कोरोना संक्रमणबढेसँगै दमकमा ५ जनाको मृत्यु भइसकेको छ । आज मात्रै दमक २ का ५३ बर्षिय बुढाथोकी थरका एक जना पुरुषको मृत्यु भएको हो । बैशाख २१ गते संक्रमण पुष्टि भएर घरमै आइसोलेसनमा बसेका थिए । स्वास्थ्यमा समस्या देखिएपछी आज विराटनगर लैजाने क्रममा मृत्यु भएको दमक नगरपालिका स्वास्थ्य शाखाका कुवेर भट्टराईले जानकारी दिए ।