दमकमा थप २ संक्रमितको मृत्यु

सेयर गर्नुहोस्

झापा, बैशाख २२
झापाको दमकमा २ जना कोरोना संक्रमितको मृत्यु भएको छ । दमक २ र १ नम्बर वडाका २ जनाको मृत्यु भएको हो । दमक २ की ७९ वषीय पुरुष र दमक १ का ५६ वर्षीय पुरुषको मृत्यु भएको नगरपालिका स्वास्थ्य शाखाका कुवेर भट्टराईले जानकारी दिए । यो सँगै दमकमा पछिल्लो लहरको कोरोना संक्रमणबाट ४ जनाको मृत्यु भइसकेको छ ।