गौरादहमा संक्रमण ह्वातै बढ्यो, वित्तिय संस्थामा कार्यरत बढी संक्रमित

सेयर गर्नुहोस्
  • 92
    Shares

झापा, बैशाख २
झापाको गौरादहमा कोरोना संक्रमणको दर ह्वात्तै बढेको छ । दोस्रो लहरको कोरोना शुरु भएसँगै गौरादहमा ३० जनामा संक्रमण पुष्टि भएको छ । ती मध्ये २ जना निको भएका छन् । यस्तै एक जनालाई समस्या देखिएपछी दमक कोभिड अस्पतालमा रिफर गरिएको नगरपालिका स्वास्थ्य शाखाका सहसंयोजक गोविन्द श्रेष्ठले जानकारी दिए । गौरादहका बिभिन्न सहकारीमा कार्यरत ८ जनामा सोमबार संक्रमण पुष्टि भएको छ । यस्तै एनआइसी एसिया बैँकमा कार्यरत ४ जना र नेपाल बैँक लिमिटेडका कार्यरत १ जनामा संक्रमण देखिएको श्रेष्ठले बताए । संक्रमितहरु होम आइसोलेसनमा बसेका छन् । उनले सावधानी अपनाउन सुझाव दिएका छन् ।