प्रद्रश १ मा ६०७ संक्रमित थपिए, दमकमा २८, गाैरादहमा १२

सेयर गर्नुहोस्
  • 28
    Shares

झापा, बैशाख २०
प्रदेश १ मा आज ६०७ जना कोरोना संक्रमित थपिएका छन् । 

पछिल्लो चोबिस घण्टामा कुल १ हजार ३३० जनाको पीसीआर परीक्षण गरिएको थियो ।  परीक्षण गरिएका मध्ये २७७ महिला र ३३० पुरुषको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मोरंगमा २८२, झापामा १५१, सुनसरीमा १०१, उदयपुरमा ११, धनकुटामा ८, इलाममा ७, संखुवासभामा ६, खोटाङमा ३, पाँचथर, ताप्लेजुङ, ते¥हथुम र भोजपुरमा १–१ र प्रदेश १ बाहिरका ३४ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । 

मोरंगको विराटनगरमा ९७ महिला र १२९ पुरुष सहित २२६, सुन्दरहैचामा २०, जहदामा ७, बुढीगंगा र उर्लाबारीमा ५–५, कटहरीमा ४,  पथरीशनिश्चरे र बेलबारीमा ३–३, लेटाङ,  रंगेली र सुनबर्षीमा २–२, धनपालथान, ग्रामथान र स्थानीय तह नखुलेका १–१ जना छन् । झापाको विर्तामोडमा ४०, दमकमा २८, भद्रपुरमा २४, अर्जुनधारा, मेचीनगर र गौरादहमा ११–११, कनकाईमा १०, कमल गाउँपालिकामा ६, शिवसताक्षी, बुद्धशान्ति, हल्दिबारी र बा¥हदशीमा २–२, गौरीगञ्ज र झापा गाउँपालिकामा १–१ जना छन् । 

यस्तै, सुनसरीको इटहरीमा ३७, धरानमा ३१, इनरुवामा १६, रामधुनी र बर्जुमा ४–४, दुहवी र गढीमा ३–३, बराहक्षेत्रमा २ र हरिनगरमा १ जना छन् भने उदयपुरको त्रियुगामा ४, चौदण्डीगढीमा ३, उदयपुरगढी र बेलकामा २–२ जना छन् । धनकुटाको धनकुटा नगरपालिकामा ५, छथर, शहिदभूमी र साघुरीगढीमा १ जना छन् भने संखुवासभाको खाँदबारीमा ६ जना छन् । इलामको रोङमा ४, माई, इलाम र सन्दकपुरमा १–१, खोटाङको साकेलामा २, बराहपोखरीमा १, पाँचथरको फिदिममा १, ताप्लेजुङको फुङलिङमा १, ते¥हथुम र भोजपुरमा १–१, र प्रदेश १ बाहिरका ३४ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । 

प्रदेश १ मा कोरोना संक्रमितको संख्या ३३ हजार ९४१ पुगेको छ । संक्रमित भएका मध्ये ३० हजार  जना ७९ संक्रमणमुक्त भएका छन् । सक्रिय संक्रमितको संख्या ३ हजार ३५७  पुगेको छ ।