गौरादहमा ३५ बेडको आइसोलेसन तयार गरिने

सेयर गर्नुहोस्
  • 52
    Shares

झापा, बैशाख १९
झापाको गौरादह नगरपालिकाले नगर क्षेत्र भित्र प्रभावकारी रुपमा निषेधाज्ञा कार्यान्वयन गर्ने भएको छ । आइतबार बसेको कोभिड क्राइसिस मेनेजमेन्ट कमिटीको बैठकले कोभिड १९ को बढ्दो प्रकोपलाई मध्यनजर गर्दै ३५ बेड क्षमताको अक्सिजन सहितको आइसोलेसन वार्ड गौरादह – ७ स्थित स्वास्थ चौकी भवनमा र १ सय वेडको क्वारेन्टाइन वार्ड नं ५ को नमुना खेतीको पाउना घरमा व्यवस्थापन गर्ने समितिले निर्णय गरेको छ ।
नगरभित्र रहेको अत्यावश्यक सेवा बाहेक भोली विहान ६ वजे देखि ११ बजेसम्म बजार खुल्ला राख्ने र जिल्ला प्रशासन कार्यालय झापाले जारि गरेको निषेधाज्ञाको बुदाँ नं। ८ लाई मध्यनजर गर्दै गौरादह नगरपालिका भित्रका होटल र रेष्टुरेन्टहरू बेलुका साझ ५ देखि ८ बजेसम्म मात्र खुल्ला राख्न पाउन निर्णय गरेको छ । प्रत्येक वार्डमा कोभिड व्यवस्थापन सम्बन्धि समिति परिचालन गर्ने र स्वास्थ्य एवं शव व्यवस्थापनको लागि पनि नगरपालिकाले सहजिकरण गर्ने निर्णय गरेको छ । समितिले गौरादह नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख प्रर्शुराम भट्टराईलाई फोकल पर्सन तोकेको छ ।