भद्रपुरमा ‘भुरा चाेर’ पक्राउ

सेयर गर्नुहोस्
  • 58
    Shares

झापा, बैशाख १९
घरको आगन नजिकै पानीमा खेलिरहेको दुई वर्षीय बच्चालाई एकजना अपरिचित व्यक्तिले बोरामा हालेर लादै गर्दा स्थानीयले देखेर समातेका छन् ।

भद्रपुर–८ स्थित घोडामाराका कमला टुडुकी २ वर्षीय छोरा सुमन टुडुलाई आइतबार विहान ८ वजे अन्दाजी ५० वर्षीय अपरिचित व्यक्तिले बोरामा हालेर लादै गर्दै गर्दा स्थानीयले देखेर समातेका हुन् ।

गाउँलेले समातेर तत्काल प्रहरीलाई बुझाएका छन् । पक्राउ पर्ने व्यक्तिको पहिचान खुल्न नसकेको जिल्ला प्रहरी कार्यालय झापाका डिएसपी राकेश थापाले बताए । उनी बोल्न सक्दैनन्, काहाँका हुन, के गर्छन, परिचय पत्र पनि नभएकोले नाम, थर ठेगाँना खुल्न नसकेको उनको भनाइ छ ।

झापामा विगतदेखिनै बच्चा चोर्नेको विगविगी छ । विशेष गरेर भारतबाट बच्चा चोर्न आउने गरेको स्थानीयको भनाइ छ ।