दमकमा आज २५ संक्रमित थपिए, ७० जना संकृय संक्रमित

सेयर गर्नुहोस्
  • 34
    Shares

झापा, बैशाख १९; झापाको दमकमा कोरोनाका सक्रिय संक्रमितको संख्या ७० पुगेको छ । आज २५ जना नयाँ संक्रमित थपिएसंगै दमकमा सक्रिय संक्रमितको संख्या ७० पुगेको नगरपालिकाको स्वास्थ्य शाखाले जनाएको छ । संक्रमितहरु मध्ये ८ जना अस्पतालमा उपचाररत छन भने अन्य घरमै चिकित्सकहरुको निगरानीमा उपचाररत रहेका जनाइएको छ । नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत गणेश प्रसाद तिम्सिना घरमै उपचाररत छन ।
अस्पतालमा रहेका ८ जना मध्ये ४ जना दमक अस्पताल अन्तर्गतको कोभिड उपचार केन्द्रमा र अन्य ४ जना विभिन्न निजी अस्पतालहरुमा छन । दमक २ का वडाध्यक्ष प्रजापति सापकोटा विराटनगरस्थित विराट मेडिकल कलेजमा उपचाररत छन । उनको अवस्था खतरामुक्त रहेको पारिवारिक श्रोतले जनाएको छ ।