झापा, मंसीर ८
नेकपा एमालेको दशौ महाधिवेशन मंसीर १० गतेदेखि चितवनमा हुदै छ । एमालेको अध्यक्षमा फेरि दोहोर्याउने तयारी गरेका केपी शर्मा ओलीको गृह जिल्लामा झण्डै २ दर्जन नेताहरु केन्द्रीय कमिटीका आकाक्षी रहेका छन् । तीनको व्यवस्थापन गर्न ओलीलाई थप चुनौति थपिएको छ । गृह नगर दमकबाट अहिलेका केन्द्रीय सदस्य देवेन्द्र दाहाल, दमकका मेयर रोमनाथ ओली र केन्द्रीय अनुशासन आयोगका सदस्य अर्जुन राई केन्द्रीय सदस्यका आकाक्षी छन् । यस्तै प्रदेश १ का अध्यक्ष देवराज घिमिरेले उपाध्यक्षमा उम्मेद्वारी घोषणा गरिसकेका छन् । केन्द्रीय सदस्य हिक्मत कार्की सचिवको तयारीमा छन् । कमल गाउँपालिकाकी अध्यक्ष मेनुका काफ्ले केन्द्रीय सदस्यकी शसक्त उम्मेद्वार हुन् भने भद्रपुर नगरपालिकाकी उपप्रमुख चन्द्रा श्रेष्ठले पनि केन्द्रिय सदस्यकी आकांक्षी हुन्। अहिलेका केन्द्रीय सदस्यहरु हरि राजबंशी, रविन कोइराला पुन केन्द्रीय सदस्यका उम्मेद्वार बन्ने भएका छन् । झापा ४ का सांसद एलपी साँवा केन्द्रीय सदस्यमा उम्मेद्वार बन्दै छन भने जिल्ला समन्वय समितिका प्रमुख सोमनाथ पोर्तेल केन्द्रीय सदस्यमा उम्मेद्वार बन्ने तयारीमा छन् । यसै गरि पूर्व राज्यमन्त्री जसमाया गजमेर, संविधानसभा सदस्य दिपक कार्की, जिल्ला अध्यक्ष चिन्तन पाठक पनि उम्मेद्वार बन्ने तयारीमा छन् । पूर्व सांसद नरेश खरेल, रोमणि भट्टराई, मजदुर नेता राजीव घिमिरे पनि यस पटक उम्मेद्वार बन्ने छन् ।
सेयर गर्नुहोस्
८ मंसिर २०७८, बुधबार ०९:४१