दुहबी ग्रिडमा पानी पस्यो, प्रदेश १ का धेरै स्थानमा विद्युत अबरुद्ध, झापामा सुचारु गर्ने प्रयास जारी

सेयर गर्नुहोस्
  • 85
    Shares

झापा, कार्तिक ३: नेपाल बिद्युत प्राधिकरणको दुहवी ग्रिडमा बाढी पसेपछि प्रदेश १ का अधिकतम जिल्लाको विद्युत सेवा प्रभावित बनेको छ । उक्त ग्रिडको सबस्टेशनको कन्ट्रोल बोर्डमा नै पानी छिरेकोले पानी नघटेसम्म विद्युत आपुर्ती हुन नसक्ने जानकारी ग्रीडले दिएको छ । ग्रीड बाट सुनसरी, मोरङ, झापादेखि भोजपुरसम्म विद्युत वितरण हुँदै आएको छ । नेपाल विद्युत प्राधिकरण दमक वितरण केन्द्रका प्रमुख सराेज कुमारले बाइपास मार्फत झापामा विद्युत सुचारु गर्ने तयारी भने भइरहेको छ । दमक वितरण केन्द्र अन्तर्गत ८ वटा पाेल लडेका छन् । तीनको मर्मतको काम भइरहेको उनले बताए । कुमारका अनुसार आजै दमकमा विद्युत सुचारू गर्न पहल भइरहेको छ ।