सेयर गर्नुहोस्
झापा, कार्तिक ३: झापाको दमकमा रतुवा खाेलाले कटान गर्दा ७ घर डुबानमा परेका छन् । कटानमा परेर ७ परिवार बिस्थापित बनेका छन् । दमक ७ रतुवा नदि किनारमा बसेका घरमा बाढी पसेको वडा अध्यक्ष भिम पाैडेलले जानकारी दिए । आज प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिम्सिना, एसपी सानुराम भट्टराई, दमक नगरपालिकाका प्रमुख राेमनाथ ओली सहितले स्थलगत निरिक्षण गरेका थिए । प्रमुख ओलीले क्षतिको मुल्यांकन गरेर तत्काल राहत वितरण थालिने बताए ।