नेकपा एस झापाका सहईन्चार्जमा आमा छाेरा

सेयर गर्नुहोस्
  • 10
    Shares

झापा, कार्तिक १: नेकपा एकीकृत समाजबादी पार्टी झापाको सहइन्चार्जमा आमा छोरा नै चयन भएका छन् । झापा मेचीनगर १० धुलाबारी निवासी आमा शारदा शर्मा घिमिरे र छोरा अशेष घिमिरे नै नेकपा एस झापाको सहइन्चार्ज चयन भएका हुन् ।
नेकपा एसको असोज २१ गतेको स्थायी कमिटिको बैठकले महिला नेता शारदालाई पुर्ण केन्द्रिय सदस्य तथा झापा सहइन्चार्जको जिम्मेवारी दिने निर्णय गरेको हो । सोही बैठकले युवा नेता अशेषलाई केन्द्रिय सदस्य तथा झापा सहइन्चार्जको जिम्मेवारी दिने निर्णय गरेको उक्त पार्टीले जनाएको छ ।अनेरास्वबियुका पुर्व केन्द्रिय सदस्य समेत रहनु भएका अशेषले नेकपा एसको केन्द्रिय कमिटिमा युवा बिद्यार्थीहरुलाई संख्यात्मक रुपमा उल्लेख्य जिम्मेवारी दिने उद्देश्यले आफु केन्द्रिय सदस्य भएको बताए ।
बहालवाला शिक्षकलाई पार्टीको जिम्मेवारी नदिने निर्णय गरेको नेकपा एसले आफ्नै निर्णय बिरुद्ध बहालवाला शिक्षक शारदा घिमिरेलाई पार्टीको केन्द्रिय सदस्य तथा झापा सहइन्चार्जको जिम्मेवारी दिएको छ । मेचीनगर १३ चारआलीस्थीत शहिद दशरथचन्द माविका शिक्षक शारदा मंसिर महिनामा सेवा निबृत्त हुने पनि स्रोतले जानकारी दिएको छ ।

अशेष घिमिरे