नवमीमा झापा आउँदै एमाले अध्यक्ष ओली

सेयर गर्नुहोस्
  • 177
    Shares

झापा, असाेज १८
नेकपा एमालेका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपी शर्मा ओली नवमीका दिन गृह जिल्ला झापा आउने भएका छन् । बडादशैं,तिहार, छठ र नेपाल संवतकाे अवसरमा आयोजना गरिने शुभकामना आदान प्रदान तथा चियापान कार्यक्रममा सहभागी हुन ओली गृह जिल्ला आउने झापाका पार्टी अध्यक्ष चिन्तन पाठकले जानकारी दिए । ओलीले हरेक बर्ष नवमीका दिन कार्यक्रम गर्ने गरेका छन् । कार्यक्रम बिर्तामाेडमा हुने छ ।

असोज २८ गते आयोजना हुने गरिने कार्यक्रममा जिल्लाका सबै राजनीतिक दलका नेता कार्यकर्तालाई निमन्त्रणा गरिने छ । पाठकका अनुसार चाडवाडमा जिल्लाबासीका लागि शुभकामना आदानप्रदानको कार्यक्रम आयोजना गरिएको हो । अध्यक्ष पाठकले भने, त्यो दिन जिल्लाका सबै दलका नेताहरुसँग बसेर अध्यक्ष ओलीले शुभकामनासँगै चिया पिउने योजना बनाइएको छ ।