कमलको महेन्द्र रत्न माविमा समिति छान्न चुनाव

सेयर गर्नुहोस्
  • 53
    Shares

झापा, असोज १८
झापाको कमल गाउँपालिका २ को महेन्द्र रत्न माध्यमिक विद्यालयमा व्यवस्थापन समिति चयन गर्नका लागि निर्वाचन भएको छ । आज सम्पन्न निर्वाचनमा ४ जना सदस्य पदका लागि जम्मा ८ जना उम्मेदवार छन् । महिला तर्फ २ जनाका लागि ४ जना र खुल्ला तर्फ २ जनाका लागि ४ जनाले उम्मेदवारी दिएको शिक्षक बिजयकुमार अधिकारीले जानकारी दिए । विद्यालयमा रहेका ३ सय अभिभावक मध्ये २२८ जनाले मतदान गरेका थिए । बिहान ८ बजेबाट मतदान भएको र सम्पन्न भएको शिक्षक अधिकारीले जानकारी दिए । एमाले समर्थित उम्मेदवार र कांग्रेस, माओवादी र नेकपा एस समर्थित उम्मेदवार विच प्रतिष्पर्धा भएको हो । व्यवस्थापन समितिमा ४ जना चयन भएपछी अरु पदेन सदस्य र मनोनित गरि ९ सदस्यीय समिति बन्ने छ । विद्यालयका सहायक प्रध्यानाध्यापक बद्री कार्कीले फेसबुकमा लेखे अनुसार २०२४ सालमा स्थापना भएको यो विद्यालयमा पहिलो पटक व्यवस्थापन समिति छान्न चुनाव भएको हो । प्रारम्भीक मतगणना अनुसार एमाले समर्थित उम्मेद्वारले अग्रता लिइरहेका छन् ।