युवा संघ शिवसताक्षीकाे अध्यक्षमा फुर्वा तामाङ

सेयर गर्नुहोस्

झापा, साउन ६: राष्ट्रिय युवा संघ नेपाल शिवसताक्षीकाे अध्यक्षमा फुर्वा तामाङ चयन भएका छन् । आज जनता बजारमा भएको कार्यक्रम नेकपा एमाले झापाका अध्यक्ष चिन्तन पाठकले सपथग्रहण गराएका हुन् । कमिटीकाे उपाध्यक्षमा पुजन कटुवाल, सचिवमा लक्ष्मण अधिकारी, सहसचिव अर्जुन राइ, काेषाध्यक्ष सुमित्रा बासकाेटा रहेका छन् । सपथग्रहण कार्यक्रममा एमाले कार्यालय सचिव शिव ढुगेल,प्रदेश कमिटी सदस्य राजीव घिमिरे, जिल्ला सचिवालय सदस्य राधाकृष्ण खनाल, नगर अध्यक्ष धनबहादुर थेवे, युवा संघका केन्द्रीय सदस्य अनिता कन्दङवाले शुभकामना मन्तव्य दिएका थिए । लामो विवाद पछि शिवसताक्षीमा युवा संघको कमिटी बिस्तार भएको छ । नवगठित कमिटी १११ सदस्यीय रहेको छ ।