दमकमा ३२२ सक्रिय संक्रमित, १२५७ जना संक्रमणमुक्त

सेयर गर्नुहोस्

झापा, असार १
दमकमा कोरोना संक्रमणको दर घट्दै गएको छ । अहिले दमकमा ३ सय २२ जना सक्रिय संक्रमित रहेका छन् । ती मध्ये ४ जना मात्रै अस्पतालमा उपचाररत छन् । दमकमा चैत २५ गते यता १ हजार ५ सय ६६ जनामा कोरोना संक्रमण देखिएको छ । संक्रमित मध्ये १ हजार २ सय १७ जना संक्रमणमुक्त भएका छन् । दमकमा २३ जना कोरोना संक्रमितको मृत्यु भएको छ । दमकमा रहेका ४ वटा कोभिड अस्पतालमा अहिले ५८ जना कोरोना संक्रमितको उपचार भइरहेको छ । संक्रमण फैलन नदिन जिल्ला प्रशासन कार्यालय झापाले असार ७ गते सम्म निषेधाज्ञा जारी गरेको छ ।