दमक ८ मा किवानिज क्लबको सहयोग

सेयर गर्नुहोस्

दमक,जेठ ३०
किवानिज क्लव अफ दमककाे समन्वयमा दमक ८ मा ३० परिवारलाई खाध्यान्न सहयाेग गरेकाे छ । काेराेना महामारी वाट काममा जान बन्चित भएका मजदुर, एकल महिला, एकल पुरूष तथा अपाङ्गता भएका व्यक्तिहरू लाई प्राथमिकतामा राख्दै ३० परिवारलाई चामल,दाल, तेल, चना, मटर लगायतका दैनिक उपभाेग्य खाध्यान्न सहयाेग गरिएकाे हाे । झापा शिवसताक्षी घर भइ हाल मध्यअमेरिकि देश ए्ल साल्भाडाे बस्ने बाेधानन्द लामिछाने र निलम अधिकारी लामिछानेकाे आर्थिक सहयाेगमा किवानिज क्लब अफ दमकले ७५ हजार वरावरकाे राहत बितरण गरेकाे कार्यक्रम सयाेजक गाेविन्द राज कट्टेलले वताए ।राहत बितरणमा क्लबका अध्यक्ष रवि न्याैपाने केसी लगायत अन्य पदाधिकारीकाे सहभागिता रहेकाे थियाे ।