आजदेखि पुर्वी नाका काकडभिट्टा बन्द

सेयर गर्नुहोस्
  • 96
    Shares

झापा, बैशाख २:नेपाल भारत सिमाको पुर्वी नाका आजदेखि ३ दिनका बन्द गरिएको छ । भारतको पंश्चीम बंगालमा निर्वाचन भएका कारण आजदेखि काकरभिट्टा नाका ७२ घण्टाका लागि पूर्ण रुपमा बन्द भएको इलाका प्रहरी कार्यालय काकरभिट्टाका प्रमुख प्रहरी नायब उपरीक्षक सुनिल दाहालले जानकारी दिनु भयो । पंश्चीम बंगालमा भोलि शुक्रबार निर्वाचन भएकाले बैशाख ४ गते बेलुकासम्मका लागि पुर्वी नाका बन्द भएको हो ।


नाका बन्द भएसंग भारतमा अध्ययन गरेर घर फर्किएका नेपाली बिद्यार्थीहरु भारततर्फको पानीटेकींमा आज बिहानैदेखि अलपत्र परेको खबर प्राप्त भएको छ । भारतिय प्रशासनसंगको समन्वयमा पानीटेर्कीमा अलपत्र परेका नेपाली बिद्यार्थीहरुलाई नेपाल ल्याउने प्रयास भइरहेको प्रशासन स्रोतले जानकारी दिएको छ ।