माइखाेलामा एक पुरूष मृत अवस्थामा भेटिए

सेयर गर्नुहोस्

इलाम, साउन ९

इलामकाे माई खोला किनारमा एक पुरुष मृत अवस्थामा फेला परेका छन ।
इलाम नगर पालिका .८ स्थित नामसालिङ जाने माईखोलाको पक्की पुल नजिक खोला किनारामा एक पुरुष मृत अवस्थमा फेला परेका हुन ।

फेला परेको उक्त लासको हाल सम्म नाम थरवतन केही नखुलेको र टाउको तथा निधारमा निल डाम चोट लागेको जिल्ला प्रहरी कार्यलय इलामले जनाएको छ ।

अन्दाजि ३०–३२ वर्षको उक्त लासमा हातको दाहिने नाडिमा रातो पहेलो डोरा बाँधेको र गलामा रातो डोरीमा पहेलो जन्तर(बुटी) लगाएको अन्दाजि ५ फिट ७ ईन्च उचाई भएको, रातो बर्णको, तालुमा पातलो केश भएको लास रहेको प्रहरीको भनाई छ ।

घटनास्थल लाशजाँच मुचुल्का लगायतका सम्पुर्ण प्रारम्भिक कार्य सम्पन्न गरी पोष्टमार्टमको लागि इलाम अस्पतालको शव गृहमा राखिएको जिल्ला प्रहरी कार्यलय इलामका सुचना अधिकारी प्रहरी नायव उपरीक्षक लालध्वज सुबेदीले बताए । घटनाको सम्बन्धमा थप अनुसन्धान भईरहेको सुबेदीको भनाई छ । घटनास्थलमा भेटिएको उक्त लाशको हाल सम्म सनाखत हुन नसकेकोले निजको बारे कोही कसैलाई केही जानकारी भएमा प्रहरी कार्यालय इलाममा जानकारी गराउन अनुरोध गरेको छ ।