दमकमा ३ सहित प्रदेश १ मा आज २५ संक्रमित थपिए

सेयर गर्नुहोस्
  • 29
    Shares

 झापा, चैत ३०
प्रदेश १ मा आज २५ जना कोरोना सङ्क्रमित थपिएका छन् ।

३५० जनाको पीसीआर परीक्षण गर्दा ११ महिला र १४ पुरुषको रिपोर्ट पोजेटिभ आएको हो ।
सामाजिक विकास मन्त्रालयका अनुसार मोरङमा ११, सुनसरीमा ६, झापा र सङ्खुवासभामा ३–३ र प्रदेश १ बाहिरका २ जनामा सङ्क्रमण देखिएको छ ।

मोरङको विराटनगरमा ११, सुनसरीको इनरुवा र धरानमा २–२, दुहबी र इटहरीमा १–१, झापाको दमकमा २ र भद्रपुरमा १, सङ्खुवासभाको खाँदबारीमा २ र धर्मदेवीमा १ र प्रदेश १ बाहिरका २ जनाको रिपोर्ट पोजेटिभ आएको हो ।

हालसम्म सङ्क्रमित हुनेको सङ्ख्या ३० हजार ४७० पुगेको छ । सक्रिय सङ्क्रमितको सङ्ख्या १४० रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।