बुद्धशान्तिमा दुर्घटनामा एक जनाको मृत्यु

सेयर गर्नुहोस्
  • 7
    Shares

झापा, चैत २८:झापामा बोलेरको ठक्करबाट एक जनाको मृत्यु भएको छ । बुद्धशान्ती गाउँपालिका वडा नं ३ मा हिजो बेलुकी सवा ८ बजे बोलेरो जीपको ठक्करबाट घाईते भएका पैदलयात्रीको मृत्यु भएको हो ।
मेची राजमार्गमा मे १ च ६४१३ नम्बरको बोलेरो जीपले पैदल हिंडिरहेका अन्दाजी ४१ वर्षीय पुरुषलाई हिजो बेलुकी सवा आठ बजे ठक्कर दिएको थियो । घाइतेलाई उपचारको लागि विर्तामोडमा रहेको बी एण्ड सी अस्पताल पठाइएको उपचारको क्रममा उनको मृत्यु भएको इलाका प्रहरी कार्यालय बुधबारेले जनाएको छ । उनकोे तत्काल पहिचान खुल्न नसकेको जनाइएको छ । जीप सहित चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।