झिलझिले र उर्लाबारीमा स्वर्ण लक्ष्मी साकाेसकाे सेवाकेन्द उद्घाटन

सेयर गर्नुहोस्
  • 5
    Shares

झिलझिले / मुलुकको अर्थनीतिमा सरकारले सहकारी क्षेत्रलाई पनि एक खम्बाको रुपमा राखेपछि यो क्षेत्र फस्टाएको शिवसताक्षी नगरपालिकाका प्रमुख चन्द्रकुमार सेर्मा ले बताएका छन ।

उनले सहकारी संस्थाहरुले पछिल्लो समय वित्तीय सेवामा फड्को मारेको बताए ।नगरप्रमुख शेर्माले भने,‘ सदस्यको मागका आधारमा सहकारीले बैंकले जस्तै सेवा दिएका छन्।’ सानो पुँजी, थोरै लगानी, न्यून सदस्य, एक ठाउँबाट मात्र सेवा दिन्छन् भन्ने परम्परागत सोचाइलाई तोड्नै सेवामा विविधीकरण र प्रभावकारी  बन्न थालेपछि सहकारीले फड्को मार्न थालेको उनले बताए ।

बैंकमा जस्तै सफ्टवेयरमार्फत डिजिटल कारोबार, एप्स र एसएमएस बैकिङ, अन्तरबैंकिङ सेवा दिएर आफूलाई सहकारीले अब्बल स्थापित गरेको नगरप्रमुख चन्द्रकुमार शेर्माले बताए । स्वर्णलक्ष्मी बचत तथा ऋण सहकारी संस्थाको झिलझिले स्थित सेवाकेन्द्रको उद्घाटन गर्दै नगरप्रमुख शेर्माले बैंककै हाराहारीको रुपमा सहकारी देखिन थालेको बताए ।

सहकारीको १२औं स्थापना दिवसको अवसर पारेर झापा र मोरङमा एकैदिन २ वटा सभा गरेर स्थापना भएका छन्।कार्यक्रमको आयोजना गर्दै उद्घाटन गर्न लागेका हुन् ।५ हजार९ सय ९६ सदस्य रहेको स्वर्ण लक्ष्मी मा ४६ जनाले प्रत्यक्ष रोजगारी पाएका छन् । 

स्वर्ण लक्ष्मी बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष रबी न्यौपानेको अध्यक्षतामा भएको कार्यक्रममा शिवसताक्षी नगरपालिका वडानम्बर ८ वडा अध्यक्ष केहर सिङ बस्नेत, जिल्ला बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष घनश्याम अधिकारी, शिवसताक्षी उद्योग वाणिज्य सङ्घका अध्यक्ष भोला मैनाली लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

संस्थाका सचिव बुद्धि सागर बरालले स्वागत गरेको कार्यक्रमको सन्चालन व्यवस्थापक कमल कुमार घिमिरेले गरेका थिए।