हप्तामा ३ दिन झापा आउदै प्रधानमन्त्री

सेयर गर्नुहोस्

झापा, फागुन १२
प्रधानमन्त्री केपी शर्मा ओली यसै साता ३ पटक झापा आउने भएका छन् । फागुन १६, १८ र २१ गते झापा आउने भएका हुन् । १६ गते उनी दिनभर दमक र कमलमा हुने कार्यक्रममा सहभागी हुने छन् । १८ गते व्यवसायी दुर्गा प्रसाईँले सञ्चालन गरेको पूर्वाञ्चल क्यान्सर अस्पतालको उद्घाटन गर्ने कार्यक्रम रहेको नेकपा झापाका कार्याालय सचिव शिव ढुगेँलले जानकारी दिए । यस्तै २१ गते सुखानी शहिद स्मृति दिबसका अबसरमा बिर्तामोडमा हुने सभालाई ओलीले सम्बोधन गर्ने छन् । फागुन १६ गते प्रधानमन्त्री ओलीले दमक र कमलमा बिभिन्न योजनाको शिलान्यास र उद्घाटन गर्ने कार्यक्रम छ । प्रधानमन्त्रीको सचिवालयका सदस्य होमबहादुर थापाका अनुसार प्रधानमन्त्री ओलीले दमक र चुलाचुली जोड्ने रतुवा नदीमा मदन भण्डारी मार्गमा पर्ने पुलको शिलान्यास गर्ने कार्यक्रम छ । मदन भण्डारी मार्ग धरान पूर्व सेक्टर अन्र्तगत पर्ने २५ वटा बढी पुलहरु एकैपटक प्रधानमन्त्रीले शिलान्यस गर्ने छन् । यस्तै दमक १ बाट चुलाचुली जोड्ने रतुवा नदीमा निर्मित पुलको उद्घाटन गरिने थापाले बताए । यसैगरि दमक ४ बाट उर्लाबारीको आम्बाडी जोड्ने मावा पुल, दमक १० बाट बालुुवथान जोड्ने रतुवा पुलमा निर्मित पुल उद्घाटन गरिने छ ।
प्रधानमन्त्री ओलीले गौरादह, दमक र कमलमा २ हजार २ सय बिगाहमा बन्ने चाइना नेपाल फ्रेन्डसीप इन्डस्ट्रियल पार्कको शिलान्यस गर्ने छन् । कमल ७ मा हुने कार्यक्रम पछी प्रधानमन्त्रीले हुने सभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको थापाले बताए ।