पत्रकार मञ्चको साधारणसभा सम्पन्न

सेयर गर्नुहोस्
  • 18
    Shares

झापा, फागुन १०
पत्रकार मञ्च दमकको एघारौँ साधारण सभा सम्पन्न भएको छ । राष्ट्रिय सभाका सदस्य देवेन्द्र दाहालको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा मञ्चका अध्यक्ष मनकुमार गदालले संस्थाको प्रतिवेदन पेश गरेका थिए । कार्यक्रममा मञ्चका कार्यवहाक कोषाध्यक्ष धनबहादुर थेवेले आर्थिक प्रतिवेदन पेश गरे । त्यस अबसरमा दमक उद्योग वाणिज्य संघका अध्यक्ष गोकुल श्रेष्ठले पत्रकार मञ्चको अक्षय कोषका लागि ५ हजार ५ सय ५५ रुपैयाँ हस्तान्तरण गरे । सांसद दाहालले सत्ताधारी दल भित्रैबाट संसदीय मुल्य मान्यता बिपरित काम गर्न नदिएपछी बाध्य भएर प्रधानमन्त्रीले संसद बिघटन गर्नुपरेको बताए । अदालतमा विचाराधिन विषय भएको र सरकार निर्वाचनका लागि काम गरिरहेको दाबी उनले गरे । सरकारले गरेका विकासका कामको प्रचार हुन नसकेको दाबी गर्दै उनले भने, सरकारले ताजा जनादेश लिनका लागि निर्वाचन घोषणा गरेको छ । त्यसै अबसरमा सांसद दाहालले मञ्चको अक्षय कोषमा ५० हजार रुपैयाँ दिने घोषणा गरे । कार्यक्रममा दमक उद्याेग वाणिज्य संघका अध्यक्ष श्रेष्ठ, व्यवसायी सुरेन्द्र श्रेष्ठ, प्रेस नेपालका नेता कमन देवान, प्रेेस संंगठनका जिल्ला संयाेजक टिकाराम उप्रेती, पुर्व अध्यक्ष विष्णुप्रसाद पाेखरेलले शुभकामना मन्तव्य राखेका थिए ।