मुलुकमा थप जटिला बढदै- राप्रपा अध्यक्ष थापा

सेयर गर्नुहोस्
  • 15
    Shares

झापा, फागुन ९
राप्रपाका अध्यक्ष कमल थापाले मुलुकमा थप जटिलता बढदै गएको बताएका छन् । मुलुकका प्रमुख अंग विचको विवादले थप जटिलता बढाउदै लगेको उनले बताए ।
आइतबार दमकमा मिडिया नेपालले गरेको पत्रकार भेटघाटमा उनले भने, सभामुखले राष्ट्पति प्रधानमन्त्री मुद्दा हाल्ने, उपराष्ट्पतिले राष्ट् प्रमुख बिरुद्ध बोल्ने, यसले कुन हिसाबको मर्यादामा पुगिन्छ ? अध्यक्ष थापाले गणतन्त्रको उपहास गर्न मुलुककै प्रमुख अंगहरु नै लागेको आरोप समेत लगाए । प्रधानमन्त्रीले अदालतले बिघटन सदर नगरे आन्दोलन गर्ने चेतावनीले थप अन्यौलता थपिएको बताउदै थापाले भने, प्रधानमन्त्री आफै चुनावको तयारी गर्ने भन्नुहुन्छ, तर आफै चेतावनी दिदै हिड्नु भएको छ ।
बैधानिक रुपमा सत्तारुढ दल बिभाजनको अवस्थामा नपुगेका कारण प्रधानमन्त्रीले ६४ प्रतिशत हुदाहुदै बिघटन गरेको हुँदा अब निर्वाचनमै जानुपर्ने अवस्था छ, उनले भने, अन्य पार्टीले सरकार बनाउन नसक्ने अवस्था हुदा अब ताजा तनादेशमा जानुको बिकल्प छैन् । थापाले प्रधानमन्त्रीलाई सरकार बिघटन गर्ने अधिकार भएको हुँदा त्यहीँ नजिरका आधारमा बिघटन भएको बताए । बिगतको सवैधानिक नजिरका आधारमा सर्वोच्च अदालतले व्याख्या गर्ने उनले बताए ।