गौरादह २ नम्बरको वार्ड कार्यालय भवन उद्घाटन

सेयर गर्नुहोस्
  • 24
    Shares

झापा, फागुन ९
गौरादह नगरपालिका वार्ड नम्बर २ को कार्यालय उद्घाटन गरिएको छ । गौरादह नगरपालिकाका प्रमुख रोहित कुमार शाहले भवनको उद्घाटन गरेका हुन् । गौरादह २ हिमाल चौक पूर्व निर्मित भवन नगरपालिका र प्रदेश सरकारको लगानीमा बनेको वार्ड अध्यक्ष हेमन्त कार्कीले जानकारी दिनुभयो । २१ महिनामा निर्माण सम्पन्न भएको भवन नगरपालिकाको ७० लाख र प्रदेश सरकारको १५ लाख रुपैयाँ लगानी रहेको छ । १ तले भवन ७ कोठा निर्माण गर्ने लक्ष्य रहेपनि अहिले हल सहितको ४ वटा कोठा निर्माण गरि आजैबाट सेवा शुरु गरिएको कार्कीले बताउनुभयो ।