प्रधानमन्त्रीको सन्देश : संसद् पुनस्थापना भए आन्दोलन गर्छाै’

सेयर गर्नुहोस्
  • 3
    Shares

विराटनगर, फागुन ९
प्रधानमन्त्री केपी शर्मा ओलीले अदालतबाट प्रतिनिभिसभा विघटनको निर्णय बदर भए आन्दोलन हुने बताएका छन् ।

शनिबार विराटनगरमा आयोजित जनसभालाई सम्बोधनका क्रममा सेटिङ मार्फत प्रतिनिधिसभा विघटन बदर भए आन्दोलन गर्ने बताएका हुन् ।

विगतमा जस्ता आफ्ना पूर्व सहकर्मी विरुद्ध नखनिएका ओलीले देश चुनावमा गएकाले अदालतले आफ्नो प्रतिकुल फैसला गरे आन्दोलन गर्ने बताएका हुन् ।

‘यदी कुनै प्रकारको जालझेल सडयन्त्र तिकडक, सेटिङ केही भएर देश र जनताको विपक्षमा फैसला आउछ भने हाम्रो आन्दोलन फेरी पनि अगाडी बढ्छ,’ उनले भने ‘फेरि पनि हामी त्यस्ता शक्तीहरुलाई पराजित गर्छाैं ।’

प्रतिनिधिसभा विघटनको दुई महिनापछि विराटनगर आएका प्रधानमन्त्री केपी शर्मा ओलीले निर्वाचनको सन्देश दिन विराटनगरमा जनसभाको आयोजना गरेका हुन् । तर अदालतबाट सरकारको निर्णय बदर भए आन्दोलन गर्ने चेतावनी दिए ।

सभामा ओलीले अदालतलाई घुमाउरो भाषामा धम्की पनि दिए । ‘सर्वाेच्च अदालतले कुनै दबावमा अन्यथा फैसला गर्छ भन्ने कल्पना गर्न सकिन्न,’ उनले भने ‘सर्वाेच्च अदालतले देशभर भइरहेको यस्ता सभालाई हेरेको होला, यस्ता सभामाहरुबाट प्रकट भएको जनताको अभिमत हरेको होला ।’

कुनै कारण प्रतिनिधि सभा पुनस्र्थापना भए सांसद किनबेच र सकार बनाउने र गिराउने खेल सुरु हुने उनले बताए । निर्वाचनको सन्देश दिने उदेश्यसहित आयोजना गरिएको सभामा प्रधानमन्त्री ओलीले भने ‘बैशाख १७ र २७ गते दुई चरणमा निर्वाचन हुन्छ, तपाईहरु तयारी गर्नुहोस् ।’

विरोधसभालाई सम्बोधनका क्रममा प्रधानमन्त्री ओलीले आफूले नेतृत्व गरेको पार्टीमा नेता कार्यकर्ता फर्कनेक्रम जारी रहेको बताए ।

सम्बोधनका क्रममा उनले शेरबहादुर तामाङ र उषाकला राई आफ्नो पक्षमा आएको बताए । केही समय अघि प्रचण्ड–माधव समूहका गएका तामाङ र राई आफ्नो पार्टीका आएको बताउँदै उनले अरु पनि आउनेक्रम जारी रहेको बताए । प्रदेश १ मा अस्थिरता सृजना गर्ने उदेश्यले अविश्वासको प्रस्ताव दर्ता भएको उनले बताए ।