विराटनगरमा प्रचण्ड–माधव समूहका विद्यार्थीको विरोध प्रदर्शन

सेयर गर्नुहोस्
  • 27
    Shares

विराटनगर, फागुन ८
प्रधानमन्त्री केपी शर्मा ओलीको आज विराटनगरमा हुने सभाको विरोधमा प्रचण्ड–माधव समूहका विद्यार्थीहरुले प्रदर्शन गरेका छन् । प्रधानमन्त्री ओलीको विराटनगरमा सभा हुनुअघि विद्यार्थीहरुले प्रदर्शन गरेका हुन् । विद्यार्थीहरुले ओलीविरुद्ध चर्का नाराबाजी गरेका छन् । ‘प्रतिगमन मुर्दावाद, केपी ओली मुर्दावाद, प्रहरी दमन मुर्दावाद’ लगायतका नारावाजी भएका छन् ।

प्रधानमन्त्री विराटनगर उत्रिएलगत्तै विराटनगर एयरपाेर्ट माेडमा प्रदर्शन गरेका हुन् । प्रहरीले विद्यार्थीकाे प्रदर्शनमा बल प्रयाेग गरेकाे थियाे ।