उर्लाबारीमा ट्रकले ठक्कर दिँदा दुई जनाको घटनास्थलमै मृत्यु

सेयर गर्नुहोस्
  • 20
    Shares

मोरङको उर्लाबारीमा आज साँझ करिब साढे ७ बजेको समयमा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ ।

दुर्घटनामा उर्लाबारी ८ का २३ वर्षे प्रदीप धामी र सोही ठाउँका २२ वर्षे सुदीप भुजेलको मृत्यु भएको उर्लाबारी ट्राफिक प्रमुख टायम सिवाकोटीले जानकारी दिए ।

प्रदेश १-००१क १०३५ नम्बरको पूर्व तर्फ जाँदै गरेको ट्रकले विपरीत दिशाबाट आएको को ३१ प ५१ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा भएको दुर्घटनामा उनीहरूको मृत्यु भएको हो