दुवै नेकपा र राप्रपाकाे साझा उम्मेद्वार बने भट्टराई

सेयर गर्नुहोस्
  • 33
    Shares

झापा, फागुन ४
झापामा तलै सम्म बिभाजित बनेको नेकपा बिर्तामोड उद्योग वाणिज्य सङ्घको आसन्न निर्वाचनमा एक देखिएको छ । युवा व्यवसायी सुवास भट्टराई अध्यक्षका रुपमा दुबै समुहका साझा उम्मेदवार बनेका छन् । फागुन १६ गते हुने निर्वाचनमा भटटराईलाई प्रधानमन्त्री केपी शर्मा ओली निकट नेकपा र प्रचण्ड माधव नेपाल निकट नेकपाले समर्थन गरेको छ ।
बिर्तामोडका अनेकन सामाजिक मुद्दा, व्यवसायिक समस्या र तिनको समाधानका पक्षमा आफू सधैैँ सक्रियतापूर्वक लागेकाले अध्यक्षमा उम्मेदवारी दिने निर्णय गरेको भट्टराईले बताउनुभयो । राष्ट्रिय प्रजातन्त्र पार्टी समेतको समर्थनमा नेकपाका तर्फबाट सुवास चुनावी मैदानमा उत्रिएका छन् । बिर्तामोड उद्योग वाणिज्य सङ्घलाई नगरस्तरीय सङ्घमा रूपान्तरण गर्दा महासचिवको भूमिका निर्वाह गर्नुभएको थियो । कुन व्यवसायीलाई अध्यक्षको उमेदवार बनाउने भन्नेमा सकस झेलिरहेको काङग्रेस अझै टुङ्गोमा पुग्न सकेको छैन । अध्यक्षका आकाङ्क्षी व्यवस्थापन गर्न नसक्दा काङ्ग्रेस उम्मेदवार चयनमा सकस झेल्न बाध्य भएको हो । काङ्ग्रेसका तर्फबाट युवा व्यवसायी राजु न्यौपाने, प्रकाश सिवाकोटी, भेषराज भण्डारी प्रशान्त अध्यक्षका प्रबल दाबेदार छन् । महिला उद्यमी पार्वता बिमलीले पनि अध्यक्षका लागि दाबी गरिरहेकी छन् । काङ्ग्रेसभित्र कसलाई अध्यक्षको उमेद्वार बनाउने भन्नेमा अन्योल छ ।