रोजिएटमा सांस्कृतिक कार्यक्रम तथा विदाई

सेयर गर्नुहोस्
  • 55
    Shares

झापा, फागुन ४
दमक ८ मा रहेको रोजिएट ब्राईट ईङ्लिस स्कुलले एसइइ उत्तीर्ण विद्यार्थीलाई विदाइ सँगै सांस्कृतिक कार्यक्रम गरेको छ । विद्यालयका अध्यक्ष रेगिना भट्टराईको अध्यक्षतामा भएको कार्यक्रममा २०७६ सालको एसइइमा उत्तीर्ण विद्यार्थीलाई विदाइ गरिएको हो । प्याब्सनका केन्द्रीय उपाध्यक्ष नारायण घिमिरेको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा विद्यार्थीहरुले नृत्य, गायन प्रस्तुत गरेका थिए । कार्यक्रममा बिद्यालयका सल्लाहकार संयोजक प्रकाश प्रसाईं, उद्योग बाणिज्य संघ दमकका अध्यक्ष गोकुल श्रेष्ठ, ईलाका प्रहरी कार्यालय दमकका प्रमुख नवराज कार्की लगायतले सुभकामना मन्तव्य राखेका थिए । सरस्वती पुजाको अबसरमा गरिएको कार्यक्रममा आजै ३२ जना नयाँ विद्यार्थीलाई भर्ना गरिएको विद्यालयका निर्देशक सुर्य कटुवालले जानकारी दिए ।