नेकपा झापा ५ को क्षेत्रीय कमिटी पुर्नगठन, को को परे ?

सेयर गर्नुहोस्
  • 30
    Shares

झापा, फागुन ३
नेपाल कम्युनिष्ट पार्टी नेकपा झापा क्षेत्र नम्बर ५ को अगुवा कार्यकर्ता भेला कमल गाउँपालिकामा सम्पन्न भएको छ । भेलामा क्षेत्रीय कमिटी, प्रदेश क्षेत्रीय कमिटी सदस्यहरुको सपथग्रहण गराइएको थियो ।
क्षेत्रीय कमिटी संयोजक मदन अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा नेकपा प्रदेश १ का अध्यक्ष देवराज घिमिरेले प्रधानमन्त्री केपी शर्मा ओलीलाई काम गर्न नदिएकै कारण अहिले ताजा जनादेशमा जानुपर्ने बताए । उनले ओली नेतृत्वको नेकपा नै आधिकारिक रहेको उल्लेख गरे । १ नम्बर प्रदेशका आन्तरिक मामिला मन्त्री हिक्मत कार्कीले सरकारले जनताको जनजिविकाको रक्षाका लागि काम गरिरहेको उल्लेख गरे । झापा इञ्चार्ज तथा राष्ट्रिय सभाका सदस्य देवेन्द्र दाहालले ताजा जनादेशमा जानुको बिकल्प नभएको बताउनुभयो । नेकपा जिल्ला अध्यक्ष चिन्तन पाठकले फागुन ८ गते हुने जनसभामा सहभागीताका लागि अपिल गरे ।
त्यस अबसरमा ८३ सदस्यीय क्षेत्रीय कमिटी र ५१ सदस्यीय दुबै प्रदेश क्षेत्रीय कमिटी घोषणा गरिएको थियो ।

नेकपा क्षेत्र नम्बर ५ कमिटी
नेकपा क्षेत्र नम्बर ५ कमिटी
नेकपा क्षेत्र नम्बर ५ कमिटी